कोरोनाबाट चार गुणा बढी कालाजातीका मानिसको मृत्यु ! ४८ मीनेट अगाडि – Himalayan Dainik

कोरोनाबाट चार गुणा बढी कालाजातीका मानिसको मृत्यु ! ४८ मीनेट अगाडि


कोरोनाबाट चार गुणा बढी कालाजातीका मानिसको मृत्यु !  ४८ मीनेट अगाडि

लन्डन ,एजेन्सी २५ वैशाख  – बेलायतमा कोरोनाका कारण मृत्यु हुनेमा गोरा मानिसहरुको तुलनामा काला जातीका मानिसहरु झन्डै चार गुणा बढी रहेको तथ्यांक सार्वजनिक भएको छ ।

बिहीबार जारी गरिएको राष्ट्रिय तथ्यांक कार्यालयको ताजा तथ्यांकअनुसार कोरोनाका कारण गोरा जातीका महिलाहरुको तुलनामा ४.३ प्रतिशत धेरै काला जातीका महिलाहरुको मृत्यु भएको जनाइएको हो । क्यारेबियन, अफ्रिकन र अन्य कालाजातीका महिलाहरुको मृत्यू बढी भएको जनाइएको छ ।

बंगलादेशी, पाकिस्तानी, भारतीय र अन्य मिश्रीत जातजातीहरुको मृत्युदर बढी रहेको पनि रिपोर्टमा उल्लेख गरिएको छ । त्यस्तै गोरा पुरुषको तुलनामा ४.२ प्रतिशत बढी कालाजातीका पुरुषको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

यस किसिमको तथ्यांक आउनुको कारण भने रिपोर्टमा उल्लेख गरिएको छैन । तर पनि सामाजिक र आर्थिक कारणले यसमा प्रत्यक्ष प्रभाव पारेको हुनसक्ने जनाइएको छ ।

पछिल्ला दिनमा अन्य युरोपेली मुलुकहरुमा कोरोना संक्रमणको असर कम हुँदै गए पनि बेलायतमा भने कम हुन सकेको छैन । हालसम्म बेलायतमा २ लाख १ हजार १ सय १ जना संक्रमित देखिएका छन् भने ३० हजार ७६ जनाको मृत्यु भइसकेको तथ्यांक सार्वजनिक भएको छ ।