संसदमा सांसदले पालना गर्नुपर्ने नियमहरु यस्ता छन् – Himalayan Dainik

संसदमा सांसदले पालना गर्नुपर्ने नियमहरु यस्ता छन्


संसदमा सांसदले पालना गर्नुपर्ने नियमहरु यस्ता छन्

काठमाडौं, २५ वैशाख – आगामी वर्ष २०७७/७८ का लागि जारी गर्नका लागिएको बजेटका लागि शुक्रबारदेखि आह्वान गरिएको बजेट अधिवेशनका लागि संसद सचिवालयले सांसदका लागि ७ बुँदे आचारसंहिता तयार पारेको छ ।

विश्वभर फैलिएको कोरोना महामारीका कारण संसद अधिवेशनमा सहभागी हुने सबै सांसदहरुले कोरोना परिक्षणको रिपोर्ट लिएर जानुपर्ने जनाइएको छ ।

संसद भवनमा भएको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बिहीबारको बैठकले निर्णय गरेको संसद सचिवालयले जानकारी दिएको छ।

बैठकका सहभागीले पालना गर्नुपर्ने आचारसंहिताः

१. सबै सहभागीले बैठक कक्ष प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुनु पर्नेछ।

२. बैठक अवधीभर सबैले अनिवार्य रुपमा मेडिकल मास्कको प्रयोग गर्नुपर्नेछ ।

३. सबै सहभागीहरुले बैठक समयमा भौतिक दूरीको पालना गरि तोकिएको कुर्सीमा मात्र बस्नु पर्नेछ।

४ सकेसम्म समूहगत छलफल नगर्ने, यदी गर्नै परेको अवस्थामा भौतिक दूरीको अनिवार्य पालना गर्नुपर्नेछ ।

५. आफूलाई स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या (ज्वरो, खोकी, थकान, शरिर दुखाई आदी) देखा परेमा तुरुन्त स्वास्थ्यकर्मीलाई खबर गर्नुपर्नेछ।

६. बैठक हलबाट बाहिर निस्कनु परेमा पुनः प्रवेश गर्दा साबुन पानी वा ह्याण्ड स्यानिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्नेछ।

७. बैठक अवधीभर घरमा गई स्वयम् एकान्तवासको नियमहरुको पालना गर्नु पर्नेछ।

यस्ता छन् निर्णयः

१. विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै एक मिटरको दूरी कायम गरेर दुई सिट छोडेर बस्ने व्यवस्था मिलाउने ।

२. राष्ट्रिय सभा बैठक कक्षमा अधिवेशन अवधिभर माननीय सदस्य ज्यूहरु एउटै सिटमा बस्ने।

३. सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्री तथा राष्ट्रिय सभा दलको नेताबाहेक अन्य माननीय सदस्यज्यूहरुले आम रुपमा रोष्टम प्रयोग नगर्ने र आफू बसेको सिटमा रहेको माइकको प्रयोग गर्ने।

४. संसद भवनमा प्रवेश गर्दा र फर्कँदा फरक ढोकाको प्रयोग गर्ने ।

५. क्यान्टिन र सभाहल बाहिर पनि अनावश्यक भीड नगर्ने तथा दूरी कायम गर्ने।

६. संसद भवनलाई बैठक अगाडि स्यानिटाइज तथा अन्य सरसफाईमा विशेष ध्यान दिने ।

७. दर्शक दिर्घामा कसैलाई पनि प्रवेश गर्न नदिइने।

८. मिडियालाई आम रुपमा सचिवालयले फोटो उपलब्ध गराउने तथा फोटो खिच्न भीड नहुनेगरी व्यवस्थापन गर्ने।

९. त्यसैगरी स्वास्थ्य सेवा विभागको विज्ञ टोलीले कोरोना संक्रमणको सम्भावित जोखिम रोकथाम गर्नेगरी संसद भवनको स्थलगत अनुगमन पश्चात तयार पारेको सुझाव प्रतिवेदनमा उल्लेखित आचारसंहिताको पालना गर्ने।