निधनपछि ऋषिलाई गुगलमा सर्च गर्ने बढे – Himalayan Dainik

निधनपछि ऋषिलाई गुगलमा सर्च गर्ने बढे


निधनपछि ऋषिलाई गुगलमा सर्च गर्ने बढे

एजेन्सी, २४ बैशाख – बलिउडका दिग्गज अभिनेता ऋषि कपुरलाई उनको निधनपछि गुगलमा धेरै खोजी हुन थालेको छ ।

भारतीय मिडिया नवभारत  टाइम्सका अनुसार ३० अप्रिलमा मुम्बाईस्थित रिलायन्स अस्पतालमा निधन भएका उनलाई भारतबाट मात्रै अहिलेसम्म सात हजार प्रतिशतभन्दा बढीले खोजी गरिसकेका छन् । भने दुनियाँभरिबाट उनलाई गुगलमा सर्च गर्नेको प्रतिशत ६ हजार सात सय प्रतिशतले बढेको छ ।

त्यस्तै उनको मृत्युको खबरपश्चात् उनको नामम १४ हजार ३ सय ९४ जनाले ट्विट गरेका छन् । ऋषि कपुर सामाजिक सञ्जालमध्ये ट्विटरमा हरेक कुरामा आफ्नो भनाइ राख्ने एक्टिभ युजर अभिनेता थिए ।

यसका साथै ऋषिको मृत्युपश्चात् सामाजिक सञ्जालमा धेरै प्रयोगमा आउने इमोजीमध्ये शकिंग वाला इमोजी २ हजार ९ सय ८८ पटक प्रयोग भई सबैभन्दा धेरै प्रयोग भएको इमोजी बनेको छ । ब्रोकन हार्ट, दुवै आँखाबाट आँशु बगिरहेको, एउटा आँखाबाट मात्रै आँशु खसालिरहेको र बुके वाला भावुक इमाजीहरू उनको मृत्युपश्चात धेरै प्रयोगमा आएका छन् ।