थप १७ जनामा कोरोना संक्रमण भेटियो, नेपालमा कुल ९९ जना संक्रमित – Himalayan Dainik

थप १७ जनामा कोरोना संक्रमण भेटियो, नेपालमा कुल ९९ जना संक्रमित


थप १७ जनामा कोरोना संक्रमण भेटियो, नेपालमा कुल ९९ जना संक्रमित

काठमाडौं, २४ वैशाख – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा नियमित रुपमा आयोजना गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज १७ जना कोरोना संक्रमित थपिएको कुरा बताउनु भयो ।

वीरगञ्जका थप १७ जनामा कोरोना पोजेटिभ देखियो । सबै पर्साका रहेको जनाएका छन् । २ महिनाको बच्चादेखी माथिका मानिसहरूमा कोरोना पोजेटिभ देखिएको उनले बताए । उनीहरू सबैलाइ नारायणी अञ्चल अस्पतालमा ल्याउने काम गरिँदै रहेको  बताउनु भयो ।  । ती संक्रमित मध्ये १० पुरूष र ७ महिला रहेका छन् ।

त्यस्तै काठमाडौंका ५८ वर्षीय, रौतहतका १९ वर्षीय र पर्साका ४४ वर्षीय पुरुषमा कोरोना पुनः देखिएको छ ।

त्यस्तै उनले आईसोलेसनमा हालसम्म १ सय ३६ जना रहेका छन् । काठमाडौं उपत्यकामा ७ र उपत्यका बाहिर १२९ जना आइसोलेसनमा रहेको जनाइएको छ । अहिलेसम्म रेडजोनमा ३ सय ३३ जना परेको बताउनु भयो ।