भारतसँगको सीमानाका जेठ १८ सम्मका लागि बन्द – Himalayan Dainik

भारतसँगको सीमानाका जेठ १८ सम्मका लागि बन्द


भारतसँगको सीमानाका जेठ १८ सम्मका लागि बन्द

काठमाडौं, २४ वैशाख – सरकारले मन्त्रीपरिषद्को बैठकबाट भारतसँगको सीमा नाका जेठ १८ सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई पनि गर्ने निर्णय बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको जनाइएको छ ।

त्यस्तै सरकारले २५ गतेसम्म यसअघि घोषित लकडाउन ११ दिन थप गर्दै जेठ ५ गतेसम्म थपेको पनि छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले भोली वैशाख २५ गते बुद्ध जयन्तीका अवसरमा साँझ दिप प्रज्ज्वलन गर्न पनि नागरिकहरुलाई आग्रह गरेको छ ।