जेठ ५ सम्म लकडाउन थपियो – Himalayan Dainik

जेठ ५ सम्म लकडाउन थपियो


जेठ ५ सम्म लकडाउन थपियो

काठमाडौं, २४ वैशाख – सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले बैशाख २५ सम्म कायम रहेको लकडाउन ११ दिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यससँगै नेपालमा लकडाउनको अवधि ५५ दिन पुग्ने भएको छ ।

कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोलि सकिँदै थियो।

लकडाउनकै अवधिमा नेपालमा कोरोनाको संक्रमण भने बढिरहेको छ। लकडाउन सुरू हुँदा नेपालमा २ जनामात्र कोरोना संक्रमित थिए भने अहिले ८२ जना पुगेका छन्।