सनसिटी अपार्टमेन्टका संक्रमित पुरुषलाई पुनः संक्रमण – Himalayan Dainik

सनसिटी अपार्टमेन्टका संक्रमित पुरुषलाई पुनः संक्रमण


सनसिटी अपार्टमेन्टका संक्रमित पुरुषलाई पुनः संक्रमण

काठमाडौं, २४ बैशाख  –  सनसिटि अपार्टमेन्टका कोरोना संक्रमणको उपचारपछि घर फर्केका ५८ वर्षीय पुरुषलाई पुनः संक्रमण देखिएको छ । ११ दिन अस्पताल बसेर वैशाख ११ मा आमासहित डिस्चार्ज भएका उनलाई पुनः संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बेलायतबाट आउनासाथ सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा कोरोना संक्रमण भएको १ वैशाखमा पुष्टि भएको थियो ।

यसअघि रौतहट र वीरगञ्जमा रहेका एक भारतीय नागरिकमा पनि पुनः संक्रमण भएको पुष्टि भएको थियो ।