सिटिजन्स बैंकमा घरमै बसेर खाता खोल्न सकिने – Himalayan Dainik

सिटिजन्स बैंकमा घरमै बसेर खाता खोल्न सकिने


सिटिजन्स बैंकमा घरमै बसेर खाता खोल्न सकिने

काठमाडौँ, २३ वैशाख – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो घरमै बसेर अनलाईन खाता खोल्न सकिने सेवाको स्तरोन्नत्ती गरेको छ ।

बैंकको वेबसाइटमार्फत अनलाईन खाता खोल्न सकिने सुविधालाई थप परिष्कृतरुपमा आफ्नो ग्राहकसामु प्रस्तुत गरेको जनाएकाे छ । यो सेवा अत्यन्त सहज रहेको हुँदा, ग्राहकले घरमै वसिबसी बैंकको जुनसुकै शाखा कार्यलयमा आफ्नो ईच्छा अनुसारको उच्च ब्याजदरसहितको बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन् ।

उक्त खाता खोल्न साथ ग्राहकहरुले नियमित रुपमा बैैकिङ कारोबार गर्न सक्नेछन् । यस अत्याधुनिक प्रविधिको प्रयोगबाट अनलाईन खाता खोल्न थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त हुने विश्वास बैंकले लिएको छ ।