भोकै पर्नेलाई कोठामै राहत सामाग्री – Himalayan Dainik

भोकै पर्नेलाई कोठामै राहत सामाग्री


भोकै पर्नेलाई कोठामै राहत सामाग्री

भक्तपुर,२३ वैशाख – भक्तपुरको मध्यपुरथिमि नगरपालिका ३ नं. वडा कार्यालयले लकडाउनका कारण भोकै बस्नुपर्ने अवस्था सिर्जना भएका मजदुरी गरेर दैनिकी चलाउने, अतिविपन्न परिवारलाई कोठामै राहत पु¥याउन थालेको छ ।

पहिलो चरणमा एक हजारभन्दा बढी परिवारलाई राहत बाँडेको वडा कार्यालयले दोश्रो चरणको राहत समेत कोठामै पु¥याइदिएको वडाध्यक्ष प्रेमबहादुर कुटुले जानकारी दिए । उनले भने, ‘दोश्रो चरणको राहत वितरण छ, अझैपनि कोही राहत पाउन छुटेको छ भने फोन मात्रै गरे पुग्छ, हामी कोठामै पु¥याउँछौं ।’

वडाध्यक्ष प्रेमबहादुर कुटु

संकटको बेला वडाबासीको स्वास्थ्यलाई ध्यानमा राख्दै लकडाउनको समेत उल्लघंन हुन नदिन वडा कार्यालयले स्वयम्सेवकको व्यवस्थापन गरेको छ ।

वडाध्यक्ष कुटुले सामाजिक सञ्जाल फेसबुकमा आफु र वडाका जनप्रतिनिधिको सम्पर्क नं. सार्वजनिक गर्दै वडा क्षेत्रमा कोही पनि भोकै पर्नु नपर्ने अनुरोध गरे । उनले कसैलाई कुनैपनि समस्या परे आफुलाई फोन गर्न आग्रह गरेका छन् ।

वडाबासीकालागि यी हुन् सम्पर्क नं.   वडा अध्यक्ष – ९८५१०६२८७५

वडा सदस्यहरु-९८५११०४०७३,  ९८५१०४२६५६, ९८४९४२३९०९,  ९८६१७४३६०१