नेपालगञ्जमा थप ७ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो – Himalayan Dainik

नेपालगञ्जमा थप ७ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो


नेपालगञ्जमा थप ७ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या ८२ पुग्यो

नेपालगञ्ज, २३ वैशाख – नेपालगञ्जका थप सात जना कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि १६ जना संक्रमित भेटिएको नेपालगञ्जमा मंगलवार थप सात जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या २३ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्जमा फेला परेका हुन् ।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, यसअघि बाँकेमा पहिलो पटक एक, त्यसपछि नौ र छ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमितको संख्या ह्वात्तै बढेपछि नेपालगञ्जमा अजदेखि २५ गतेसम्म निषेधित क्षेत्र घोषणा गरेर सबैलाई घरभित्रै बस्न भनिएको छ ।

नेपालगन्जमा मंगलबार संक्रमण पुष्टि हुनेहरुमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९, ३२, ३४ र ५५ वर्षीया महिला रहेको बताइएको छ ।संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको बाँके प्रशासनले जनाएको छ ।