बेलायतमा १ लाख ९० संक्रमित नाघे, २८ हजार बढीको मृत्यु – Himalayan Dainik

बेलायतमा १ लाख ९० संक्रमित नाघे, २८ हजार बढीको मृत्यु


बेलायतमा १ लाख ९० संक्रमित नाघे, २८ हजार बढीको मृत्यु

एजेन्सी,२३ वैशाख – कोरोना भाइरसको संक्रमणबाट बेलायतमा २८ हजार ७३४ जनाको मृत्यु भएको छ । समाचार तयार पार्दासम्म १ लाख ९० हजार ५८४ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ २८८ जनाको मृत्यु भएको छ भने अरु ३ हजार ९८५ जनामा संक्रमण देखिएको छ । १ लाख ६१ हजार ५०६ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।