नेपालको सबैभन्दा सुरक्षित प्रदेश बन्यो कर्णाली, सबैभन्दा बढी कोरोना संक्रमित प्रदेश नं. १ मा – Himalayan Dainik

नेपालको सबैभन्दा सुरक्षित प्रदेश बन्यो कर्णाली, सबैभन्दा बढी कोरोना संक्रमित प्रदेश नं. १ मा


नेपालको सबैभन्दा सुरक्षित प्रदेश बन्यो कर्णाली, सबैभन्दा बढी कोरोना संक्रमित प्रदेश नं. १ मा

काठमाडौं, २२ वैशाख – नेपालमा हालसम्म ७५ जना संक्रमित देखिएका छन् । नेपालको साता प्रदेशमध्ये सबैभन्दा सुरक्षित कर्णाली प्रदेश देखिएको छ । हालसम्म कोही पनि संक्रमित नभएको र आइसोलेसनमा पनि नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै सबैभन्दा बढी संक्रमित प्रदेश नं. १ मा देखिएका छन् । हालसम्म प्रदेश नं. १ मा ३१ जना मानिसमा संक्रमण देखिएको छ भने आईसोलेसनमा ३४ जना रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै प्रदेश नं. २ मा हालसम्म १३ जनामा संक्रमण भएको छ भने ती मध्ये ४ जना निको भई घर फर्किएको र २४ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै बागमती प्रदेशमा हालसम्म ७ जना संक्रमित देखिएकोमा ६ जना उपचारपछि घर फर्किसकेको र १ जना उपचाररत रहेको जनाइएको छ । त्यस्तै ११ जना आइसोलेसनमा रहेको जनाइएको छ ।

त्यस्तै गण्डकी प्रदेशमा २ जनामा संक्रमण देखिएकोमा दुवै जना उपचारपछि घर फर्केको जनाइएको छ । गण्डकी प्रदेशमा हाल कोही पनि आइसोलेसनमा नरहेको जनाइएको छ । त्यस्तै प्रदेश नं. ५ मा पछिल्लो दिनमा एक्कासी संक्रमितको संख्या बढेको छ । आइतबारमात्रै नेपालगञ्मा १५ जनामा संक्रमण देखिएपछि हाल सो प्रदेशमा १७ जनामा संक्रमण देखिएको छ । भने १५ जना आइसोलेसनमा रहेको जनाइएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा हालसम्म ५ जनामा संक्रमण देखिएकोमा ४ जना उपचारपछि घर फर्किसकेको जनाइएको छ भने ५ जना आइसोलेसनमा रहेको जनाइएको छ । हालसम्म नेपालमा जम्मा ७५ जना संक्रमित देखिएकोमा १६ जना उपचारपछि घर फर्किसकेका छन् भने बाँकी उपचाररत रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै हाल १०६ जना आइसोलेसनमा रहेको जनाइएको छ ।

संक्रमित ७५ जना मध्ये ५८ जना पुरूष र १७ जना महिला रहेको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा नियमित रुपमा आयोजना गरिँदै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार हालसम्म देशभरि पीसीआर १३ सय ६ सय ४० छ र आरडीटी ५० हजार ८ सय ४५ पुगेको छ ।

हालसम्म नेपालभर २१ हजार ५ सय २३ जना क्वारेन्टाइनमा बसेको जनाइएको छ भने आईसोलेसनमा १०६ छन् । ती मध्ये १ उपत्यकाभित्र र १०५ उपत्यका बाहिर आइसोलेसनमा रहेको जनाइएको छ ।