डा भट्टराईसहित चार जना विरुद्ध सरकारी वकिल कार्यालयमा मुद्धा दर्ता – Himalayan Dainik

डा भट्टराईसहित चार जना विरुद्ध सरकारी वकिल कार्यालयमा मुद्धा दर्ता


डा भट्टराईसहित चार जना विरुद्ध सरकारी वकिल कार्यालयमा मुद्धा दर्ता

काठमाडौँ, २२ वैशाख – जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित चार जना विरुद्ध सरकारी वकिल कार्यालय काठमाडौँमा मुद्धा दर्ता भएको छ । डा.भट्टराई सहित उनकी श्रीमती हिशिला यामी, स्वकिय सचिव विश्वदिप पाण्डे तथा आङ्काजी शेर्पाविरुद्ध विद्युतिय कारोवार ऐन २०६३ को ४७ दफा ५३, ५४, ५८(क) ७४ अनुसार कसुर ठहर्ने गरि उक्त मुद्धा आज दर्ता भएको हो ।

राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य संजिव कुमार झा तथा अनेरास्ववियूका केन्द्रीय सदस्य नारायण घर्तीद्वारा संयुक्त रुपमा गरिएको जाहेरी सरकारी वकिल कार्यालयमा १०९४ नं. मा दर्ता गरेका हुन् ।

केन्द्रीय सदस्यद्वारा दिइएको उजुरी प्रहरीले लिन अस्विकार गरेपछि पुनः सरकारी वकिल कार्यालयमा दर्ता गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश वस्नेत, सांसद किशान श्रेष्ठ तथा पूर्वआईजीपी सर्वेन्द्र खनाललाई डा. सुरेन्द्र यादवलाई अपरहण गरेको भनि झुटा प्रचार गरी साइवर क्राइमको अपराध गरी व्यक्तिगत रुपमा मान, मर्यादा तथा प्रतिष्ठा माथि नै आँच पुर्याउने भन्दै डा. भट्टराई सहित चार जनालाई मुद्धा दर्ता गरिएको हो । डा. भट्टराईसहितका चार जनाले विशुद्ध राजनितिक कुरालाई अनवश्यक मिडियावाजी तथा आफ्नो सामाजिक सञ्जाल फेसबुक, ट्वीटलगायतमा राजनैतिक रुपमा गरिएको छलफल तथा कुराकानीलाई अनावश्यक रुपमा तोडमोड गरी अपहरणको अरोपलाई लगाई प्रचारी गरिएको भन्दै उजुरी दिइएको थियो ।

सांसद वस्नेत, श्रेष्ठ तथा पूर्वआइजीपी खनाल डा। यादवकै घरमा पुगी सम्मानका साथ खानपान गरी काडमाडौँ डा. यादव, आफन्त तथा परिवारसहितको ७ जना काठमाडौँ आएको विषयलाई डा. भट्राई तथा आङ्काजीले अपहरण तथा वन्धक बनाई भट्टराईको घरमा राखी दवापका भरमा डा. यादवलाई अपहरणको झुट्टा कुरा बोल्न लगाएको समेत स्पष्ट पारिएको छ ।