नेपालगञ्जमा २५ गतेसम्म कर्फ्यु घोषणा – Himalayan Dainik

नेपालगञ्जमा २५ गतेसम्म कर्फ्यु घोषणा


नेपालगञ्जमा २५ गतेसम्म कर्फ्यु घोषणा

नेपालगञ्ज, २२ वैशाख – आइतबार एक्कासी १५ जनामा कोरोना संक्रमण देखिएपछि सरकारले नेपालगञ्जमा भोलिदेखि कर्फ्यु आदेश जारी गरेको छ ।

सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको जनाइएको छ ।

नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र कर्फ्यु घोषणा गरिएको जनाइएको छ । नेपालगञ्जमा एकै दिन १५ जना र शनिबार १ जनालाइ संक्रमण देखिएको थियो ।