भारतमा काेराेना संक्रमितकाे संख्या ४२ हजार नाघ्याे – Himalayan Dainik

भारतमा काेराेना संक्रमितकाे संख्या ४२ हजार नाघ्याे


भारतमा काेराेना संक्रमितकाे संख्या ४२ हजार नाघ्याे

काठमाडौँ, २२ बैशाख – भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा साेमबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या १ हजार ३ सय ९१ पुगेकाे छ भने संक्रमितकाे संख्या ४२ हजार ५ सय ५ पुगेकाे छ । यसैबीच ११ हजार ७ सय ७५ जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा २ हजार ८ सय ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ६८ जनाको मृत्यु भएको छ । भारतको लोकपाल सभाका न्यायिक सदस्य अजय कुमार त्रिपाठीको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको जनाइएको छ ।