भक्तपुर, २१ बैशाख – निजी तथा आवासीय विद्यालय अर्गनाइजेन (प्याब्सन) सूर्यविनायक नगरसमितिले सूर्यविनायक नगरपालिका कार्यालयमा पुगेर कोरोना कोषमा तीन लाख पाँच हजार रुपैयाँ प्रदान गरेको छ ।
नगरपालिकाका प्रमुख वासुदेव थापालाई आज प्याब्सन सूर्यविनायक नगर कार्यसमितिका अध्यक्ष सानुराजा कार्कीको नेतृत्वमा गएको प्याब्सन भक्तपुरका सल्लाहकार भूवनलाल श्रेष्ठ, समितिका उपाध्यक्ष दिनेश मैनाली, सचिव विनोद काफ्ले, कोषाध्यक्ष भोला चौधरीसहितको टोलीले रकम हस्तान्तरण गर्नुभएको हो ।
सूर्यविनायक नगरपालिका क्षेत्रभित्र रहेका ३२ वटा संस्थागत विद्यालयबाट संकलन गरिएको कूल रु. चारलाख ७५ हजारमा मध्ये रु. तीन लाख पाँच हजार सूर्यविनायकको कोभिड–१९ विपद व्यबस्थापन कोषका लागि हस्तान्तरण गरेको कोषाध्यक्ष भोला चौधरीले जानकारी दिनुभयो । संकलित रकम मध्ये बाँकी रहेको रुं ७० हजार प्याब्सन केन्द्रीय कमिटी मार्फत राष्ट्रिय विपद व्यबस्थापन कोषमा जम्मा गरिने उहाँले बताउनुभयो । रासस