एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६९ पुग्यो – Himalayan Dainik

एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६९ पुग्यो


एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६९ पुग्यो

काठमाडौँ, २१ वैशाख – नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोराना संक्रमितको संख्या ६९ जना पुगेको छ । आज स्वास्थ्य मनत्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् प्रवक्ता डा विकास देवकोटाले ९ जना नेपालगञ्ज र एकजना पर्साका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

नेपालगन्जमा भेटिएकाहरु  ५ महिला र ४ जना पुरुष रहेका छन् । हालसम्म १६ जना कोरोना निको भएर घर फर्किएका छन् । बाँकी संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेका छन् भने उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।