अधिवेशन बोलाउने बारेको छलफलका लागि मन्त्रीपरिषद् बैठक सुरु – Himalayan Dainik

अधिवेशन बोलाउने बारेको छलफलका लागि मन्त्रीपरिषद् बैठक सुरु


अधिवेशन बोलाउने बारेको छलफलका लागि मन्त्रीपरिषद् बैठक सुरु

काठमाडौं, २१ वैशाख – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरू भएको छ। बैठकमा संसद अधिवेशन बोलाउने बारे छलफल हुने बताइएको छ।

आगामी बजेट जेठ १५ गते ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उक्त बजेटका लागि पनि अधिवेशन बोलाउनुपर्ने भएकाले सो सम्बन्धी छलफलका लागि मन्त्रीपरिषद् बैठक बसेको स्रोतले जनाएको छ ।

सरकारले वैशाख अन्तिम सातादेखि संसदको बजेट अधिवेशन बोलाउने तयारी गरेको छ।

सामाजिक दूरी कायम गरि संसदको अधिवेशन गराउन व्यवस्था समेत मिलाइएको छ। प्रधानमन्त्री ओलीले केहीदिन अघि संसदभवनको निरीक्षण गरेका थिए ।

साथै आजको बैठकमा लकडाउन मोडलका बारेमा पनि छलफल हुने जनाइएको छ । सरकारले २५ गते सम्मका लागि घोषित गरेको छ, त्यसपछि देशका केही भेगहरुमा संक्रमणको अवस्था हेरेर लकडाउन मोडालिटीबारे छलफल हुनुपर्ने जनाइएको छ ।