महेश सिंह सिरहा २१ बैशाख – लक डाउनबाट प्रभावित सिरहाको नबराजपुर गाउँ पालिकाका वडा नम्बर ३ बाहेक सबै वडाका दलित परिवार परिवारलाई राहत वितरण सम्पन्न भएकाे छ । सिरहाको नवराजपुर गाउँ पालिकामा दलित परिवारलाई पहिलो प्राथमिकता दिई राहत वितरण कार्य सुरु गरेका हुन् ।
शनिवार वडा नम्बर १, २, ४ र ५ मा प्रहिलो चरनको राहत दलित परिवारलाई पहिलो प्राथमिकता दिई राहत वितरण गरेकाे हाे । वडा नम्बर ३ मा आईतवार राहत बितरण कार्य सुरु गरिने वडा अध्यक्ष ईस कुमार यादव ( राम बाबु यादव ) ले जानकारी दिनु भयो । नबराजपुर गाउँपालिका भित्र जम्मा लगभग ४५०० सय घर धुरी रहेको अनुमान छ ।
नवराजपुर गाउँ पालिकामा १०९२ घरधुरी दलित परिवार रहेको प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत यादवले बताउनुभयाे । राहत वितरण सामग्रीमा चामल ३० किलाे, दाल ३ किलाे , चिनी २ किलाे, नुन २ किलाे र नुहाउने साबुन ४ पिस वितरण गरेकाे छ । गाउँ पालिका अध्यक्ष बिश्वमोहन यादवले बताउनु भयो । वडा नम्बर २ मझौरा गाउँमा ४०० सय घरधुरी रहेको र दलित १२० , जनजाती २८० घर रहेको अध्यक्ष खुशीलाल शाहले जानकारी दिनु भयो । तेसैगरि वडा नम्बर ५ मा जम्मा १०२६ घरधुरी र २३५ घर बिपन परिवार , ६५ घर मुस्लिम, २०१ घर दलित परिवार रहेको अध्यक्ष मनोज कुमार यादवले जानकारी बताए । वडा नम्बर ४ का अध्यक्ष मदन यादवले पनि दलित बस्तिमा राहत बितरण भइ सकेको बताए ।
साथै वडा नम्बर १ का अध्यक्ष रामऔतार यादव भनिने अप्तारी यादवले गाउँ पालिकाले निर्णय गरेरे दिएको राहत बितरण पहिलो चरनको राहत बितरण भइसकेको बताएका हुन् । राहत लिने लक्षीत वर्गले राहत ढिलाे भएपनि गुणस्तरीय र राम्रो प्यकेज पाए खुशी व्यक्त गरेका थिए । सामाजिक दुरीलाई विशेष ध्यानमा राखि राहत वितरण गर्ने प्रक्रिया मिलाईएकाे थियो ।
जनतालाई राहत लिन समस्या हुन नदिन वितरण स्थलमा सम्पूर्ण व्यवस्थापन मिलाएर हुन् । सबैले सहयाेग तथा समन्वय गरि वितरण कार्यलाई सहज बनाउन सम्पूर्ण जन समुदायिलाई अध्यक्ष विश्वमाेहन यादबले अनुराेध आग्रह गरेका हुन ।
पहिलो चरनको राहत बितरन कार्य समाप्त पछि अरु गरिब , असाहाई , बिपन परिवारलाई गाउँ पालीकाको अध्यक्ष बिश्वमोहन यादव संग समन्वय गरि राहत वितरण गरिने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत यादवले जानकारी दिनु भयो ।