ताप्लेजुङमा आगलागी, ७ करोड ६५ लाखको क्षति – Himalayan Dainik

ताप्लेजुङमा आगलागी, ७ करोड ६५ लाखको क्षति


ताप्लेजुङमा आगलागी, ७ करोड ६५ लाखको क्षति

काठमाडौँ, २१ बैशाख – शुक्रबार राति ताप्लेजुङ सदरमुकाम फुङ्लिङको ट्याक्सी स्टेसन छेउमा भएको आगलागी हुदा ७ करोड ६५ लाख ७२ हजार ७०० रुपैंया बराबरको क्षति भएको प्रारम्भिक तथ्यांक संकलन गरिएको छ ।

सो आगोलागीबाट  ८ वटा घर जलेर नष्ट भएका छन् । कुल क्षतिमध्ये व्यक्तिगततर्फ ७ करोड ४३ लाख २५ हजार र संस्थागततर्फ २२ लाख ४७ हजार ७०० रुपैंया बराबर क्षति भएको छ ।

संकलित तथ्यांकअनुसार आगोले ७ वटा घर पूर्ण रुपमा जलेका छन् भने आगो फैलन नदिन आगो लाग्दै गरेको १ घर भत्काइएको छ । यससहित आगलागीबाट ८ घर पूर्ण रुपमा क्षति भएका हुन् । अन्य केही घरमा आशिंक क्षति भएको छ ।

श्रतिग्रस्त ८ घरमा रहेका २९ घर परिवारका मानिस विस्थापित भएका छन् । आगलागी पीडित परिवारलाई स्थानीय सरकार र विभिन्न सामाजिक संघ-संस्थाले राहत वितरण सुरु गरेका छन् ।