विश्वभर ११ लाखबढि काेराेना सङ्क्रमित निकाे भएर घर फर्किए – Himalayan Dainik

विश्वभर ११ लाखबढि काेराेना सङ्क्रमित निकाे भएर घर फर्किए


विश्वभर ११ लाखबढि काेराेना सङ्क्रमित निकाे भएर घर फर्किए

एजेन्सी, २१ बैशाख – विश्वभर कोरोना संक्रमणबाट अहिलेसम्म ११ लाख ८ हजार २९५ जना भने उपचारपछि घर फर्किएका छन् ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ४४ हजार ६६० पुगेको छ । संक्रमण हुनेको संख्या भने ३४ लाख ८१ हजार १६२ पुगेको छ ।

सङ्क्रमितमध्ये ११ लाख ८ हजार २९५ जना भने उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा ४.५३ गुणा बढी हाे । याे समाचार तयार पारिसक्दासम्म काेराेना संक्रमितमध्ये ३१.८३ प्रतिशत निकाे भएका छन् भने ७.०२ प्रतिशतकाे मात्र मृत्यु भएकाे छ ।

छ ।

पछिल्लाे २४ घण्टमा मात्रै विश्वभर काेराेनाबाट ५ हजार २१२ जनाले ज्यान गुमाएका छन् भने ८३ हजारभन्दा बढी नयाँ काेराेना संक्रमित थपिएका छन् ।

त्यस्तै अमेरिकामा अहिलेसम्म ६७ हजार ४४४ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने ११ लाख ६० हजार ७७४ पुगेकाे छ ।

संक्रमितमध्ये एक लाख ६० हजार ७०५ जना पूर्णरूपमा निको भइसकेका छन् ।

इटालीमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २८ हजार ७१० पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख ९ हजार ३२८ जना कोरोनाबाट संक्रमित भएका छन् ।

संक्रमितमध्ये ७९ हजार ९१४ पूर्णरूपमा निको भइसकेका छन् । यता स्पेनमा अहिलेसम्म काेराेना संक्रमितकाे संख्या २ लाख ४५ हजार ५६७ पुगेकाे छ ।

स्पेनमा कोरोनाका कारण २५ हजार १ सयले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ४६ हजार २३३ भने पूर्णरूपमा निकाे भइसकेका छन् ।

त्यस्तै बेलायतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेकाे संख्या २८ हजार १३१ पुगेकाे छ । संक्रमितकाे संख्या भने १ लाख ८२ हजार २६० पुगेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । त्यहाँ अहिले १ लाख ५३ हजार ७८५ जनामा कोरोना सक्रिय रहेको छ भने १५ सय बढीकाे अवस्था गम्भीर रहेकाे छ ।

फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ६८ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या २४ हजार ७६० पुगेको छ । संक्रिमतमध्ये ५० हजार बढी पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९३ हजार बढीमा काेरोना संक्रिय रहेको छ । तीमध्ये ३ हजार ८२७ काे अवस्था भने गम्भीर रहेको छ ।

जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ६४ हजार ९६७ पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ६ हजार ८१२ पुगेको छ । अहिले जर्मनीमा २९ हजार १५५ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख २९ हजार भने पूर्णरुपमा निको भइसकेका छन् ।

टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या एक लाख २४ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ३ हजार ३३६ जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये ५८ हजार २५९ भने पूर्णरूपमा निकाे भइसकेका छन् ।

ब्राजिलमा अहिलेसम्म काेराेनाबाट संक्रमित हुनेकाे संख्या ९६ हजार ५५९ पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या ६ हजार ७५० पुगेकाे छ । संक्रमितमध्ये ४० हजार ९३७ पूर्णरूपमा निकाे भएका छन् । यता चीन भने अहिले ५३१ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजार ७१३ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ८७७ जनामा कोरोनाको संक्रमण देखिएको छ ।