बेलायती प्रधानमन्त्रीले राखे आफूलाई बचाउने डाक्टरको नामबाट छोराको नाम – Himalayan Dainik

बेलायती प्रधानमन्त्रीले राखे आफूलाई बचाउने डाक्टरको नामबाट छोराको नाम


बेलायती प्रधानमन्त्रीले राखे आफूलाई बचाउने डाक्टरको नामबाट छोराको नाम

लन्डन, २१ वैशाख – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो उपचारसँग जोडिएका केही जानकारी सार्वजनिक गरेका छन् ।

२६ मार्चमा कोरोना संक्रमण देखिएका प्रधानमन्त्री जोनसनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा आइसीयूमा उपचार गरिएको थियो ।

आईसीयूमा उपचार गराइए उनलाई भेन्टीलेटर भने राख्नु परेको जनाइएको थियो । अहिले उनी गत सोमबारबाट पूर्ण रुपमा निको भएर काममा फर्किसकेका छन् ।

सन पत्रिकालाई दिएको एक अन्तरवार्तामा बोरिस जोनसनले उनको उपचारका क्रममा डाक्टरले उनलाई थुप्रै लिटर अक्सिजन दिएको जानकारी दिए । प्रधानमन्त्री जोनसनले अस्पतालमा रहँदा जतिबेला पनि यो स्थितीबाट कहिले पार हुने हो भन्नेबारे मात्रै सोचेको  उनले बताए ।

जोनसनले भने, ‘केही दिनभित्रै मेरो स्थिती अत्याधिक खराब भएको थियो, मेरा लागि यो कुरा विश्वास गर्न मुश्किल थियो ।’

डाक्टरहरुले अत्याधिक हेरविचार गरेका कारण आफू निको भएको प्रधानमन्त्री जोनसनको विश्वास छ । बीबीसीका राजनीतिक संवाददाता जोनाथन ब्लेकका अनुसार उनीहरुको यो कुराले थाहा हुन्छ कि प्रधानमन्त्रीको स्थिती कतिसम्मको नाजुक भएको थियो ।

PM_son

बेलायती प्रधानमन्त्रीले आफ्नो ज्यान बचाउने डाक्टरको नामबाट आप्mनो छोराको नाम राखिएको पनि उल्लेख गरेका छन् । यी दुईले आफ्नो छोराको नाम विल्फ्रेड लरी निकोलस जोनसन राखेका छन् ।

प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएको केही दिनपछि नै उनीहरुलाई पुत्रलाभ भएको थियो । दुई डाक्टरले एक बयान जारी गरेर प्रधानमन्त्री र उनकी पार्टनरलाई शुभकामना दिँदै उनीहरुलाई धन्यवाद पनि दिए । (बीबीसीहिन्दी)