पेट्रोल डिजलमा प्रतिलिटर १५ रुपैयाँ घट्यो ! – Himalayan Dainik

पेट्रोल डिजलमा प्रतिलिटर १५ रुपैयाँ घट्यो !


पेट्रोल डिजलमा प्रतिलिटर १५ रुपैयाँ घट्यो !

इस्लामाबाद, २० वैशाख – विश्वभर फैलिइरहेको कोरोना भाइरसका कारण विश्व तेलबजारमा गिरावट आएको छ । गिरावटसँगै तेलको मूल्य घटाइरहेका छन् । फलस्वरुप नेपालको छिमेकी मुलुक पाकिस्तानले पेट्रोल र डिजेलमा भारी गिरावट गरेको छ ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार बुधबार बसेको आयल एण्ड ग्यास रेग्युलेटरी अर्थोरिट (ओजीआरए) को सिफारिसमा पाकिस्तानमा पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले घटाइएको जनाइएको छ ।

पाकिस्तानको उर्जामन्त्रालयका अनुसार पेट्रोलमा १५ रुपैयाँ, हवाई इन्धनमा २७.१५ रुपैयाँ, मट्टितेल ३० रुपैयाँ र डिजेल १५ रुपैयाँ प्रतिलिटरमा घटाइएको जनाएको छ ।

मूल्य घटेसँगै पाकिस्तानमा प्रतिलिटर पेट्रोल ८१ रुपैयाँ पर्ने भएको छ भने हवाई इन्धनको ८० रुपैयाँ प्रतिलिटर पुगेको छ ।