काठमाडौँ, २० वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक शनिबार बस्दै छ । बैठक अपराह्न चार बजे बस्ने तय भएको छ । शनिबार अपराह्न बस्ने बैठकमा बस्नुअघि नेताहरु आन्तरिक छलफलमा छन् । प्रचण्डले बिहान खुमलटार निवासमा पूर्वमाओवादीका केही नेताहरुसँग परामर्श गरेका छन् ।
अध्यादेश प्रकरणपछि नेकपाभित्र उत्पन्न विवादको समाधान खोज्न यो बैठक निर्णायक हुने अनुमान छ । बैठकले सम्भवतः ‘बामदेव कार्ड‘ को छिनोफानोसमेत गर्ने छ ।
यसअघि गत बुधबार बसेको सचिवालय बैठकमा छलफल नसकिएपछि आज पुनः बस्ने निर्णय गरिएको थियो । बुधबारको बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई भाबी प्रधानमन्त्रीको रुपमा अघि सारेका थिए । यस्तै वरिष्ठ नेता माधव कुमार नेपाललाई नेकपाको तेस्रो अध्यक्ष बन्न प्रस्ताव गरेका थिए ।