पत्रकारलाई मास्क र सेनीटाईजर वितरण – Himalayan Dainik

पत्रकारलाई मास्क र सेनीटाईजर वितरण


पत्रकारलाई मास्क र सेनीटाईजर वितरण

भक्तपुर, २ ० वैशाख – भक्तपुर जिल्लामा क्रियाशील पत्रकारहरुलाई मास्क तथा सेनीटाइजर वितरण गरिएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश प्रचार प्रसार विभागका सचिव ध्रुव प्रसाद घिमिरे र सदस्य आनन्द पुनले वर्तमान अवस्थामा कोभिड १९ रोगबाट बच्न सर्जिकल मास्क ५० पिस प्रतिव्यक्ति र सेनेटाइजर भक्तपुरका पत्रकारहरुलाई प्रदान गर्नु भयो । चिनियाँ संस्थाको सहयोगमा उक्त सुरक्षा सामाग्री प्रदान गरिएको संचारकर्मी आनन्द पुनले जानकारी दिनुभयो ।

प्रेस संगठन भक्तपुका संयोजक कविता थापा, अग्रज पत्रकार गोपिकृष्ण ढुंगाना, सागर गुरागाईं लगायतका पत्रकारहरुले वर्तमान अवस्थामा संचारकर्मीको भूमिकाबारे आ-आफ्नो धारणा राख्दै कोरोना भाइरस सम्बन्धि सत्यतथ्य समाचार सन्तुलित रुपमा सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।