कोरोना संक्रमण जमातीले बढाएकोमा शंका छैन, उनीहरुलाई कारबाही गरिनेछः मुख्यमन्त्री योगी – Himalayan Dainik

कोरोना संक्रमण जमातीले बढाएकोमा शंका छैन, उनीहरुलाई कारबाही गरिनेछः मुख्यमन्त्री योगी


कोरोना संक्रमण जमातीले बढाएकोमा शंका छैन, उनीहरुलाई कारबाही गरिनेछः मुख्यमन्त्री योगी

 उत्तरप्रदेश ,२० वैशाख – उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कोरोना संक्रमण लुकाउने धार्मिक गुरुहरुलाई कारबाही गर्ने जनाएका छन् । भारतीय सञ्चारमाध्यम आजतकसँग कुरा गर्दै मुख्यमन्त्री योगीले रोग लाग्नु कुनै अवराध नभएको तर लुकाउनु गम्भीर अपराध हो भनेका छन् । उनले रोगलाई लुकाएर संक्रमण बढाउनेप्रति सह्य नहुने बताएका छन् ।

मुख्यमन्त्री योगीले कोरोनाको संक्रमण बढ्नुमा मुस्लिम जमातीहरुको प्रमुख दोष रहेको बताएका छन् । उनले रोग लाग्नु कुनै अपराध नभएको तर उनीहरुले रोग लुकाउने काम गरे, कोही बिरामी भए उनीहरुलाई उपचार गरिन्छ तर रोगलाई लुकाएर संक्रमण बढाउने काम गरेमा सह्य नहुने बताएका छन् ।

मुख्यमन्त्री योगीले धार्मिक गुरु जमातीहरुको यस रवैयाका कारण संक्रमण बढेकोमा आफूलाई कुनै द्विविधा नभएको बताउएका छन् । त्यसैले उत्तर प्रदेशमा धेरै संख्यामा जमातीहरुलाई क्वारेन्टाइनमा पठाइएको छ ।

योगीले तबलिगी जमातीहरुले स्वास्थ्यकर्मीहरुलाई दुव्र्यवहार गरेको पनि जनाए । गाजियाबादमा नर्ससँग गरिएको व्यवहार ज्यादै दुर्भाग्यपूर्ण भएको बताए । त्यस्तै वाराणसी र कानपुरमा पनि उनीहरुको व्यवहारप्रति प्रशासन कठोर हुनुपर्ने बाध्यता आइपरेको बताए ।

मुख्य मन्त्री योगीले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देश नै कोरोना विरुद्ध लडीरहेको बताए । त्यसैले यस लडाईँमा जित हात पार्नका लागि सबैले साथ दिनुपर्ने पनि बताए । भारतले शुक्रबारमात्रै ३ साताका लागि लकडाउन थप गरेको घोषणा गरेको छ । एजेन्सी