क्वारेन्टाइनभित्रै झुण्डिएर आत्महत्या – Himalayan Dainik

क्वारेन्टाइनभित्रै झुण्डिएर आत्महत्या


क्वारेन्टाइनभित्रै झुण्डिएर आत्महत्या

काठमाडौँ, १९ वैशाख – उदयपुरको रौतामाई गाउँपालिका- ७ गुराँसेका एक युवकले क्वारेन्टाइनभित्रै झुण्डिएर आत्महत्या गरेका छन् ।

श्रीमतीसहित जनता क्याम्पस रौतामाई- ७ राजाबास क्वारेन्टनाइनमा बस्दै आएका १८ वर्षिय सुमन विकले गएराति आत्महत्या गरेका हुन् ।

आत्महत्या गर्नुको कारणले खुलिनसकेको जिल्ला प्रहरी कार्यालयका एसपी विरबहादुर बुढामगरले बताए । श्रीमतीसग एउटै कोठामा बसेका विकले राती श्रीमती सुतिसकेपछि सलको पासो लगाएका थिए । क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिका अनुसार उनीहरुबीच नियमित झगडा हुँदै आएको थियो ।