बुद्ध जयन्तीमा निर्धारित सबै कार्यक्रम स्थगित – Himalayan Dainik

बुद्ध जयन्तीमा निर्धारित सबै कार्यक्रम स्थगित


बुद्ध जयन्तीमा निर्धारित सबै कार्यक्रम स्थगित

काठमाडौँ, १८ वैशाख – २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलनका दौरान पूर्वनिर्धारित सबै औपचारिक कार्यक्रम स्थगित भएका छन् ।

यस वर्ष २५ वैशाख (७ मे)का दिन वैशाख शूक्ल पूणिर्मा तथा बौद्ध जयन्ती मनाइदैछ । अहिले मुलुक लकडाउनमा भएकोले लुम्बनी विकास कोषले यस दिन नेपाल सरकार, कोष पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित भएको जानकारी गराएको छ । यस दिन नेपाल सरकारबाट कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि जारी निर्देशन अनुसार सामाजिक दूरी कायम गर्दै बौद्ध भिक्षु/भिक्षुणी तथा लामा गुरु/गुरुमाहरुबाट विश्व शान्तीको कामना गर्दै प्रार्थना र पूजा गरिनेछ ।

भगवान गौतमबुद्धको २५६४ औं जन्मजयन्तीका अबसरमा २५६४ वटा दीप प्रज्वलन गरिने भएको छ । कोषले बौद्ध समुदायसहित सबैलाई नेपाल सरकारको निर्देशन पालना गर्दै सुरक्षित तवरबाट घरमै प्रार्थना तथा पूजापाठ गरी बुद्ध जयन्ती मनाउन आहृवान गरेको छ ।