बलिउडका अभिनेता ऋषि कपुरको निधन – Himalayan Dainik

बलिउडका अभिनेता ऋषि कपुरको निधन


बलिउडका अभिनेता ऋषि कपुरको निधन

मुम्बई, १८ वैशाख – भारतका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । विगत लामो समयदेखि क्यान्सरबाट पीडित कपुरको बिहीबार बिहान मुम्बइस्थित अस्पतालमै निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सन् १९५२ को सेप्टेम्बरमा जन्मिएका कपुरको ६७ वर्षको उमेरमा निधन भएको हो । उनको स्वास्थ्यमा असहज भएपछि बुधबार मात्रै अस्पताल भर्ना गरिएको थियो ।

यसअघि बुधबार बिहान अर्का अभिनेता इरफान खानको पनि मृत्यु भएको थियो ।