थर्मल गन कालोबजारी गर्ने अग्रवाल पुनः पक्राउ – Himalayan Dainik

थर्मल गन कालोबजारी गर्ने अग्रवाल पुनः पक्राउ


थर्मल गन कालोबजारी गर्ने अग्रवाल पुनः पक्राउ

काठमाडौं,१८ वैशाख – थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक शुलभ अग्रवाल धरौटीमा रिहा भएलगत्तै पक्राउ परेका छन् ।

काठमाडौं जिल्ला अदालतका आदेशमा २५ लाख ५० हजार धरौटी तिरेर छुट्नासाथ उनलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभागले समेत अनुसन्धान गर्ने भएपछि प्रहरीले फेरि पक्राउ गरेको हो ।

सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभागले अग्रवालमाथि अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउको आदेश दिएकाले पुनः पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए ।