जापान सरकारद्वारा कांग्रेस नेता पौडेललाई उत्कृष्ट विभूषण प्रदान – Himalayan Dainik

जापान सरकारद्वारा कांग्रेस नेता पौडेललाई उत्कृष्ट विभूषण प्रदान


जापान सरकारद्वारा कांग्रेस नेता पौडेललाई उत्कृष्ट विभूषण प्रदान

काठमाडौँ, १८ वैशाख – जापान सरकारले यस वर्षको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिने निर्णय गरेको छ ।

जापानस्थित नेपाली दूतावासले बिहीबार एक विज्ञप्ति जारी गरी जापान सरकारले यो वर्षको सो अवार्ड पूर्व सभामुख समेत रहेका पौडेललाई दिने निर्णय गरेको जनाएको हो । जापान सरकारले बिहीबार यो निर्णय गरेको हो । नेपाल–जापानबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत यस्तो विभूषण प्रदान गर्ने निर्णय गरेको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

पौडेलले सभामुख भएको बेलामा जापान(नेपाल फ्रेन्डशिप पार्लियामेन्टेरियन कमिटी गठन गरेर सांसदहरूका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेकाले उनलाई सो अवार्ड अवार्ड प्रदान गरेको दूतावासले जनाएको छ ।