लायन्स क्लब अफ अव्वल भ्यालीले छान्याे आगामी नेतृत्व – Himalayan Dainik

लायन्स क्लब अफ अव्वल भ्यालीले छान्याे आगामी नेतृत्व


लायन्स क्लब अफ अव्वल भ्यालीले छान्याे आगामी नेतृत्व
काठमाडौँ, १८ वैशाख –  काेराेना भाइरस(काेविड-१९) काे महामारी बिश्वभर फैलिरहेकाे बर्तमान परिस्थितिमा नेपाल सरकारले देशभर लकडाउनकाे घाेषणा गरेकाे कारणबाट सशरिर उपस्थित भै बैठक सम्पन्न गर्न नसकिएको भएतापनि उपलब्ध प्रविधिको उपयाेग गर्दै लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट 325 B1 अन्तरगतको लायन्स क्लब अफ अव्वल भ्यालीले लायन वर्ष २०२०/२१ का लागि नयां नेतृत्व चयन गर्ने कार्य सम्पन्न गरेको छ ।
लायन्स क्लब अफ अव्वल भ्यालीकाे हालै सम्पन्न भर्च्युअल बैठकले क्लवका बर्तमान प्रथम उपाध्यक्ष तथा शैक्षिक परामर्श संघ (ECAN) का पूर्व अध्यक्ष एवं बर्तमान सल्लाहकार लायन राजेन्द्र बराललाई लायन वर्ष २०२०/२१ का लागि क्लवको प्रेसिडेन्ट चयन गरेको क्लवका चार्टर प्रेसिडेन्ट लायन राजु खड्काले बताए ।
उनका अनुसार सोहि बखत चयन भएका क्लवका अन्य पदाधिकारीहरूमा प्रथम उपाध्यक्षमा लायन धुर्वराज बिष्ट, द्वितीय उपाध्यक्षमा लायन प्रेमकृष्ण श्रेष्ठ, सचिवमा लायन भिमसेन खड्का, काेषाध्यक्षमा लायन कुमारप्रसाद अधिकारी, सहसचिवमा लायन सागर के.सी., सहकाेषाध्यक्षमा लायन सम्झना प्रेमी, मेम्बरसीप चेयरपर्सन लायन नारायण गिरी, LCIF coordinator लायन सुबाशचन्द्र  बनेपाली, लियो सल्लाहकार लायन अनिल महर्जन, सर्भिस चेयरपर्सन लायन राेजिन्द्रराज थापा तथा अन्य BOD सदस्यहरूमा लायन यसाेदा भट्टराई, लायन बिश्वनाथ भाेछिभाेया, लायन निराजन महर्जन, लायन दिपक कुमार तामाङ, लायन भाेलानाथ ढुङ्गाना, लायन इन्जिनियर शिबसरण तिमल्सिना, लायन डा.मनिषा खरेल र लायन नारायण देवकोटा रहेका छन्  भने बर्तमान प्रेसिडेन्ट लायन शिबप्रसाद रिजाल निबर्तमान प्रेसिडेन्टकाे रूपमा रहनेछन् भने चार्टर प्रेसिडेन्ट लायन राजु खड्का सल्लाहकारकाे रूपमा रहनेछन् । यस कार्यसमितिले लायन्स अन्तर्राष्ट्रियको विधानअनुसार आगामी जुलाई महिनाबाट आफ्नो कार्यभार ग्रहण गर्ने कुरा बताइएको छ ।
लायन्स क्लव अफ अव्वल भ्यालीका प्रायःजसो सबै सदस्यहरूको उपस्थिति रहेको उक्त साधारणसभाकाे भर्च्युअल बैठकले सर्वसम्मतिले उक्त नयाँ कार्यसमिति चयन गरेकाे हाे ।