भारतमा कोरोनाबाट एकैदिन ७१ को मृत्यु, ३३ हजार संक्रमित – Himalayan Dainik

भारतमा कोरोनाबाट एकैदिन ७१ को मृत्यु, ३३ हजार संक्रमित


भारतमा कोरोनाबाट एकैदिन ७१ को मृत्यु, ३३ हजार संक्रमित

एजेन्सी, १८ बैशाख – भारतमा कोरोना भाइरसका कारण बुधबार एकैदिन हालसम्मकै बढी ७१ जनाको मृत्यु भएको वर्ल्डो मिटर्सले जनाएको छ ।

यससँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७९ पुगेको छ । भारतमा कोरोना संक्रमितहरुको संख्या ३३ हजार ६२ पुगेको छ । पछिल्लो २४ घण्टामा (बुधबार) मात्रै भारतमा १ हजार ७३८ नयाँ संक्रमित फेला परेका छन् ।

यसैबीच भारतमा कोरोना संक्रमितमध्ये ७ हजार ७४७ जना भने पूर्ण रुपमा निको भइसकेका छन् । हाल २३ हजार ५४६ जना उपचार गराइरहेको जनाइएको छ ।