एनआईसी बैंकद्वारा कोरोना भाइरस सम्बन्धी बीमालेख खरिदलाई अनलाईन प्रणालीको प्रारम्भ – Himalayan Dainik

एनआईसी बैंकद्वारा कोरोना भाइरस सम्बन्धी बीमालेख खरिदलाई अनलाईन प्रणालीको प्रारम्भ


एनआईसी बैंकद्वारा कोरोना भाइरस सम्बन्धी बीमालेख खरिदलाई अनलाईन प्रणालीको प्रारम्भ

काठमाडौँ, १७ वैशाख – विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरू समेत बन्द रहेको अवस्थालाई मध्यनजर गरी कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनिकरणका लागि नेपालका बीमा कम्पनीहरूले कोभिड–१९ सम्बन्धी बीमालेख जारी गर्न थालेको छ ।

यस असहज परिस्थितिका बीच भौतिक रुपमा बाहिर निस्किएर बीमालेख खरिद गर्न कठिनाई हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै एन आई सी एशिया बैंकले उक्त सेवालाई सहज बनाउन डिजिटल पोर्टल सञ्चालन गरेको छ । बीमा खरिदका लागि अनलाईनमार्फत छुट्टै पोर्टल नभएको अवस्थामा बैंकले डिजिटल पोर्टल  https://covid19.nicasiabank.com/ मार्फत नवीनतम प्रयोग थालेको हो ।

जसमार्फत बैंकको मोबाइल बैकिङ्ग एवं वेबसाइट वा सिधै उक्त पोर्टललाई आफ्नो वेब ब्राउजरमा खोलेर एन आई सी एशियाको मोबाइल बैकिङ्ग वा ईन्टरनेट बैंकिङ्गबाट भुक्तानी गरी ग्राहक महानुभावहरूले यो लकडाउनको अवधिमा समेत सहज किसिमले घरमै बसी अनलाईनबाटै बीमालेख खरिद गर्न सक्नुहुन्छ । सहज तथा सरल बैकिङ्गको अंगीकार गरेको यस एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई यस्तो विपत्तीको बेलामा सहज तरिकाले बीमालेख खरिदको अभ्यास गराउनका लागि यो सेवा प्रारम्भ गरेको हो ।

कोरोना भाइरस बीमालेखमा दुई श्रेणीको बीमांक कायम गरिएको छ । जसअन्तर्गत पहिलो श्रेणीको बीमालेख रू. १ लाख र दोस्रो श्रेणीको बीमालेख रू. ५० हजार रहेको छ । यसलाई खरिद गर्न प्रतिव्यक्ति क्रमशः रू. १००० र रू. ५०० लाग्नेछ । पारिवारिक वा संस्थागत रुपमा बीमा गर्नु परेमा प्रतिव्यक्ति क्रमशः रू. ६०० र रू. ३०० मा यस्ता बीमांकहरू गरिद गर्न सकिने व्यवस्था छ ।