नेकपा सचिवालयको बैठक सम्पन्न , आगामी वैशाख २० गते अर्काे बैठक बस्ने – Himalayan Dainik

नेकपा सचिवालयको बैठक सम्पन्न , आगामी वैशाख २० गते अर्काे बैठक बस्ने


नेकपा सचिवालयको बैठक सम्पन्न , आगामी वैशाख २० गते अर्काे बैठक बस्ने

काठमाडौँ, १७ वैशाख – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ५ः३० बाट शुरु भएको बैठक ९ बजे अहिले सम्पन्न भएको छ । बैठकले पार्टी एकतालाई मजबुत बनाउने, सरकारले गरेका राम्रा कामको पक्षमा दृढतापूर्वक उभिने र बैशाख २० गते पुन: सचिवालयको बैठक बस्ने निर्णय गर्दै बैठक सम्पन्न भएको सचिवालय सदस्य तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले जानकारी दिनुभएको छ ।

पछिल्लो समय चरम विवादमा रुमलिएको नेकपामा गुट र उपगुटका कारण लाखौं कार्यकर्ताहरु समेत राजनीतिक भविष्य अन्योल देखिएको भन्दै निराश भइरहेको अवस्था समेत सिर्जना भइरहेको छ । पार्टी तथा सरकारको विचमा पछिल्लो समय गुट र उपगुटकै कारण तथा नेताको कुर्सीको लडाईका कारण अस्थितरता सिर्जना भएको हो ।