नायीका पूजा शर्माको आज जन्मदिन – Himalayan Dainik

नायीका पूजा शर्माको आज जन्मदिन


नायीका पूजा शर्माको आज जन्मदिन

काठमाडौँ, १७ वैशाख – नायिका पूजा शर्मा आज जन्मदिन परेको छ । लकडाउनका कारण उनी घरमै छिन् । यसअघि उनका शुभचिन्तकहरुले उनको जन्मदिनलाई विशेष बनाएका थिए । उनले भनिन्– ‘मलाई बनावटी हुन आउँदैन । सबैसँग नजिक हुन चाहन्छु । म मान्छे पनि चिन्छु । त्यसैले, पनि दर्शकले मलाई माया गर्नुभएको होला ।’

पूजाले नायिका पूजा शर्मा र वास्तविक जीवनको पूजा शर्मामा खासै फरक नभएको बताइन् । उनले भनिन्– ‘पश्चाताप लिनु रामो होइन । किनकी जुन समय बिताइएको छ त्यो समय हामीले निकै रमाइलोसँग बिताएका थियौ । पछि, त्यसलाई सम्झिएर पश्चातप गर्नुको औचित्य रहँदैन ।’

नायिका शर्माको यो वर्ष चलचित्र ‘म यस्तो गीत गाउँछु २’, ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झना विर्सना’ रिलिज हुँदैछन । हाम्रो तर्फबाट पूजालाई जन्मदिनको शुभकामना ।