प्रचण्ड-ओली आकस्मिक भेट – Himalayan Dainik

प्रचण्ड-ओली आकस्मिक भेट


प्रचण्ड-ओली आकस्मिक भेट

काठमाडौं, १६ बैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भेटवार्तामा पार्टीभित्रको विवादका विषयमा छलफल हुनेछ । सचिवालय बैठक र स्थायी कमिटी बैठकसमेत बस्न नसकेपछि भएको ओली प्रचण्डको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालबीच पटक पटक भेटवार्ता गरेर आफू अनुकुलको निर्णय गराउने प्रयास थालेका छन् ।