रौतहटमा दुई जनामा कोरोना संक्रमणको पुष्टि – Himalayan Dainik

रौतहटमा दुई जनामा कोरोना संक्रमणको पुष्टि


रौतहटमा दुई जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौँ,१६ वैशाख – प्रदेश २ मा फेरि दुई कोरोना संक्रमित थपिएका छन्। रौतहटका दुई जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

काठमाडौंस्थित राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका दुई जनाको रिपोर्ट पोजेटिभ आएको छ। रिपोर्ट पोजेटिभ आएका मध्ये देवाही बोनाही नगरपालिका १ का ३५ वर्षीय पुरुष छन् भने अर्को वृन्दाबन नगरपालिका ९ का २४ वर्षीय पुरुषै छन्।

संक्रमित दुबै जना भारतबाट फरक मितिमा नेपाल आएका थिए। स्रोतका अनुसार लकडाउनकै बेला लुकिछिपी उनीहरु घर आएपछि क्वारेन्टाइनमा राखिएको थियो। दुवै जनाको स्वावको नमूना परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएकोमा रिपोर्ट नेगेटिभ आए। त्यसपछि उनीहरुलाई घर पठाइदिएको स्रोतले जनाएको छ।

तर शंका लागेर थप परीक्षणका लागि उनीहरुको स्वाव काठमाडौंमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ।