कैलाली,१६ बैशाख – धनगढीकी ३४ वर्षीय महिलाको कोरोना भाइरस संक्रमित महिलाको पाँचौं रिपोर्ट पनि पोजेटिभ आएको छ । सेती अस्पतालमा २५ दिनदेखि उपचाररत वडा नम्वर ५ की ३४ बर्षीय महिलाको पाँच पटक सम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पनि पोजेटिभ आएको हो ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत महिलाको सोमबार पाचौं रिपोर्टमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । उनीबाटै नेपालमा पहिलो पटक स्थानीयमा संक्रमण पुष्टि भएको थियो । उनलाई दुबईबाट आएका परिवारकै सदस्यबाट कोरोना संक्रमण भएको थियो ।
श्रेष्ठका अनुसार चिकित्सकहरुको सल्लाह अनुसार उनको थ्रोट स्वाब संकलन गर्दै फेरी परीक्षण गरिने भएको छ ।