प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामाको माग पार्टी विभाजनको प्रस्ताव – Himalayan Dainik

प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामाको माग पार्टी विभाजनको प्रस्ताव


प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामाको माग पार्टी विभाजनको प्रस्ताव

काठमाडौँ, १६ वैशाख  –  प्रधानमन्त्री केपी ओलीनिकट नेता कर्णबहादुर थापाले प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा गर्नुपर्छ भन्ने प्रस्तावलाई पार्टी विभाजन गराउने प्रस्ताव भनेका छन् ।

कोटेश्वरमा ओली र नेपाल समूहका नेताहरूबीच छलफल भइरहेका वेला नेता थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘पछिल्लो समयमा आएर प्रधानमन्त्री र पार्टी अध्यक्षबाट कमरेड केपी शर्मा ओलीको राजीनामाको जुन प्रस्ताव सार्वजनिक भएको छ । यो पार्टी विभाजनको प्रस्ताव हो । सकिँदा केपी मात्रै सकिन्छन् भन्ने कसैले सोचेको छ भने यो मूर्खताभन्दा अरू के नै हुन सक्छ ? विग्रह होइन, पार्टी एकताको पक्षमा उभिनु अहिलेको आवश्यकता हो ।’ यो समाचार  आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।