हस्ताक्षर अभियान गलत हो : टोपबहादुर रायमाझी – Himalayan Dainik

हस्ताक्षर अभियान गलत हो : टोपबहादुर रायमाझी


हस्ताक्षर अभियान गलत हो : टोपबहादुर रायमाझी

काठमाडौँ,१६ वैशाख  – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्‍ठ नेता माधव नेपाल पक्षधरहरुले पार्टीभित्र चलाएको हस्ताक्षर अभियान गलत भएको बताएका छन्।

नेकपाभित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच विवाद बढ्दै गएपछि चलाइएको हस्ताक्षर अभियानमा रायमाझीले असहमति व्यक्त गरेका हुन्।

अध्यक्ष प्रचण्ड र वरिष्ठ  नेता नेपालको निर्देशनमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध हस्ताक्षर अभियान सुरु भएपछि रायमाझी खुलेरै विरोधमा उत्रिएका हुन्। उनले अहिलेको पार्टी एकता खलल पुग्ने गरी हस्ताक्षर अभियान चलाउनु उचित नभएको भन्दै स्थगित हुनुपर्ने बताएका छन्।

‘अहिले पार्टी एकतालाई कमजोर पार्न हस्ताक्षर अभियान चलाउने बेला होइन, म हस्ताक्षर अभियानको विपक्षमा छु। यस्तो महामारीको बेलामा हस्ताक्षर अभियान चलाउँदा गलत सन्देश जान्छ, यो उचित होइन,’ उनले भने। आफू सधैँ पार्टी एकताबद्वरुपमा अगाडि बढ्नुपर्छ भन्ने पक्षमा रहेको उनले उल्लेख गरे।