आज राजधानीमा लकडाउन उल्लंघन गर्ने १ हजार बढी प्रहरी नियन्त्रणमा – Himalayan Dainik

आज राजधानीमा लकडाउन उल्लंघन गर्ने १ हजार बढी प्रहरी नियन्त्रणमा


आज राजधानीमा लकडाउन उल्लंघन गर्ने १ हजार बढी प्रहरी नियन्त्रणमा

काठमाडौं, १६ वैशाख – प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने ३ सय ३८ महिला सहित १ हजार १६३ जनालाई नियन्त्रणमा लिएको छ । आज बिहान ६ बजेदेखि बिहान १० बजेसम्मको अवधिमा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।

काठमाडौं, ललितपुरमा र भक्तपुरबाट उनीहरु नियन्त्रणमा लिएको छ । यसै गरी दुई पाङ्ग्रे र चारपाङग्रे सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिदै आएको छ ।