समाचार संकलनका क्रममा दुई जना पत्रकार पक्राउ – Himalayan Dainik

समाचार संकलनका क्रममा दुई जना पत्रकार पक्राउ


समाचार संकलनका क्रममा दुई जना पत्रकार पक्राउ

चितवन, १५ बैशाख – समाचार संकलनको क्रममा प्रहरीले सोमबार चितवनमा दुई जना पत्रकारलाई नियन्त्रणमा लिएको छ । भरतपुरको चौबिस कोठीमा समाचार संकलन गर्न पुगेका पत्रकार विनोदबाबु रिजाल र अर्जुन अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पत्रकारको परिचय दिँदा समेत ड्यूटीमा खटेका प्रहरीले जथाभावी अपशव्द बोल्दै क्यामेरा नियन्त्रणमा लिने प्रयास गर्दै दुर्व्यवहार गरेको उनीहरुले बताएका छन् । प्रहरीले क्यामेरामा रहेको फोटो र भिडियो डिलिट गर्न समेत दबाव दिएको रिजालले बताए । प्रहरीले रिजालको ना ६४ प ३९८९ र अधिकारीको ना ४० प २०५ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ । उनीहरुलाई अहिले भने प्रहरीले छाडेको छ ।

पत्रकार माथि भएको दुरुव्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ चितवन शाखा, प्रेस संगठन नेपाल चितवन, नेपाल प्रेस युनियन चितवनले विज्ञप्ति जारी गर्दै प्रहरी ज्यादतीको बिरोध गरेका हुन् ।

त्यसैगरी चितवन जिल्ला स्तरिय मानवअधिकार अवस्था अनुगमन समितिले पनि प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ती जनाएको छ ।