डा. भट्टराई, हिशिला, आङ्काजी विरुद्ध मुद्धा दायर हुँदै – Himalayan Dainik

डा. भट्टराई, हिशिला, आङ्काजी विरुद्ध मुद्धा दायर हुँदै


डा. भट्टराई, हिशिला, आङ्काजी विरुद्ध मुद्धा दायर हुँदै

काठमाडौँ, १५ वैशाख – जनता समाजवादीका नेता डा. बाबुराम भट्टराई, हिशिला यामी, आंकाजी शेर्पा तथा विश्वदिप पाण्डे विरुद्ध मुद्धा दर्ता गर्ने तयारी भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियू तथा राष्ट्रिय युवा संघ नेपालले संयुक्त रुपमा साइवर क्राइम अपराध सम्बन्धी मुद्धा दर्ता गर्ने भएको छ । विशुद्ध राजनीतिक छलफललाई कुप्रचार गरी प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका केन्द्रीय सदस्य महेश वस्नेत, सांसद किसान श्रेष्ठ, पूर्व आइजीपी सर्वेन्द्र खनाललाई अपहरणको प्रचारवाजी गरी चरित्र हत्या, राजनीति जीवन माथि खेलवाड, सामाजिक सञ्जालको दुरुपयोग गरेको भन्दै मुद्धा दायर गर्न दुई संगठन लागेका छन् ।

अहिले कही छिनमा नै उक्त मुद्धा दर्ता गर्ने तयारी रहेको स्रोतले बताएको छ । डा. भट्टराईले पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवलाई अपहरण तथा विभिन्न दवावमा पारी झुट वोल्न लगाएको स्पष्ट रहेको छ । डा. यादवले प्राईम टिभीममा दिएको अन्तरवार्तामा डा. भट्टराईको घरको एउटै सोझामा बसी दुवै जनाले अन्तरवार्ता दिएको तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।