लकडाउनका बेला यात्रुको ओसारपसार रोक्न गृह मन्त्रालयको कडा निर्देशन – Himalayan Dainik

लकडाउनका बेला यात्रुको ओसारपसार रोक्न गृह मन्त्रालयको कडा निर्देशन


लकडाउनका बेला यात्रुको ओसारपसार रोक्न गृह मन्त्रालयको कडा निर्देशन

काठमाडौं, १५ वैशाख  – गृहमन्त्रालयले लकडाउनका बेला यात्रु ओसारपसारमा रोक लगाउँदै कडाइ गर्नका लागि निर्देशन दिएको छ । उपत्यकासहित विभिन्न जिल्लाबाट स्थायी थातथलो जाने यात्रुलाई स्थानीय तहबाट गरिँदै आएको उद्धार तत्काल रोक्नका लागि सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो)लाई निर्देशन दिँदै पुनः परिपत्र गरिएको गृहमन्त्रालयका केदारनाथ शर्माले बताए ।

पछिल्लो एक सातायता उपत्यकासहित विभिन्न जिल्लामा अलपत्र परेका आफ्नो पालिका मातहतका यात्रुलाई नगरपालिका तथा गाउँपालिका र जनप्रतिनिधिहरुको पहलमा घर पठाउने व्यवस्था गरिँएको भए पनि गृहमन्त्रालयले हालसम्म कुनै स्वीकृति नदिएको  बताए । कोरोना रोकथामका लागि मन्त्रालयले लकडाउन कडाइ गर्ने पनि उनले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यकलाई मात्र पास प्रदान गर्नका लागि सोमबार बिहान पुनः परिपत्र जारी गर्दै कडा निर्देशन दिइएकाे प्रवक्ता शर्माले बताए ।