कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएको १५औँ दिनमा काममा फर्किदैं बेलायती प्रधानमन्त्री – Himalayan Dainik

कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएको १५औँ दिनमा काममा फर्किदैं बेलायती प्रधानमन्त्री


कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएको १५औँ दिनमा काममा फर्किदैं बेलायती प्रधानमन्त्री

एजेन्सी,१४ वैशाख – बेलायतका प्रधानमन्त्री बोरीश जोनसनले कोरोनासंगको लडाइँमा जित हासिल गरेका छन् । कोरोना संक्रमित भएपछि तीन साता भन्दा बढि आराम गरेर उनी सोमबारबाट काममा फर्किन लागेको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोरोनाबारे थप प्रभावकारी निर्णयहरु गर्न तथा बेलायतमा लकडाउनका समाधान लगायतका विषयमा उनले तत्काल काम थाल्ने बताइएको छ । बोरीश कोरोना भाइरस पोजिटिभ पुष्टि भएपछि उपचाररत थिए ।

उनी अप्रिल पाँचमा अस्पतालमा भर्ना भएका थिए । तीन रात आईसीयु र एक साताको अस्पताल बसाई पछि उनी अप्रिल १२ मा डिस्चार्ज भएका थिए । उनले चिकित्सकको सल्लाह बमोजिम यस बिचमा कुनै पनि आधिकारिक सरकारी काम गरेका छैनन् ।

बेलायतमा हालसम्म कोरोना भाइरसका कारण २० हजार भन्दा बढिको ज्यान गइसकेको छ । यो संख्यामा केयर होम र अन्य समुदायमा भएको मृत्युको गणना भएकोे छैन ।