जनावरलाई प्रेम गर्न नायक अनमोलको अपिल – Himalayan Dainik

जनावरलाई प्रेम गर्न नायक अनमोलको अपिल


जनावरलाई प्रेम गर्न नायक अनमोलको अपिल

काठमाडौँ, १४ वैशाख – नायक अनमोल केसीले लकडाउनको समयमा सामाजिक संजालमा हात्तिसँगको तस्वीर पोष्ट गर्दै जनावरलाई प्रेम गर्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्– ‘जबसम्म जनावरलाई माया गरिदैँन, तबसम्म उसको आत्माको हिस्सा थाहा पाउन सकिदैन ।’ अनमोलको घरमा अहिले कुकुर छ । अनमोल कुकुरलाई खुबै माया गर्छन् । उनी अभिनित चलचित्र ‘ए मेरो हजुर ४’मा पनि उनको कुकुरको विशेष भूमिका छ ।

पछिल्लो समय लकडाउनका कारण जनावरहरु भोक्कै परेको भन्दै कतिपय कलाकारहरुले जनावरलाई खाना खुवाइरहेका छन् ।