सासंद बस्नेतको विरुद्धमा लागेर वास्तविकता नलुकाइहोस ः युवासंघ भक्तपुर (विज्ञत्तिसहित) – Himalayan Dainik

सासंद बस्नेतको विरुद्धमा लागेर वास्तविकता नलुकाइहोस ः युवासंघ भक्तपुर (विज्ञत्तिसहित)


सासंद बस्नेतको विरुद्धमा लागेर वास्तविकता नलुकाइहोस ः युवासंघ भक्तपुर (विज्ञत्तिसहित)

भक्तपुर, १४ वैशाख – राष्ट्रिय युवा संघ भक्तपुर जिल्ला कमिटीले नेकपा केन्द्रीय सदस्य महेश बस्नेतसँग जोडिएको घटनामा प्रकाशित समाचारप्रति आपत्ति जनाएको छ ।

विगत केही दिनदेखि राष्ट्रिय युवा संघका इन्चार्ज एवं नेकपाका केन्द्रीय सदस्य क. महेश बस्नेतसँग जोडिएर समाजवादी पार्टीका सांसद डा. सुरेन्द यादवको अपहरण गरिएको भनी प्रकाशित तथा प्रसारित समाचारप्रति राष्ट्रिय युवा संघ भक्तपुर जिल्ला कमिटीको गम्भीर ध्यानाकर्षण भएको संघका भक्तपुर संयोजक राजु लुवन्जार श्रेष्ठले  बताए ।

उनले यस घटनालाई विभिन्न समाचार माध्यमहरुले समाचारको रुपमा भन्दा पनि चरित्र हत्या गर्ने मनसाय राख्दै नकारात्मक रुपमा प्रचार प्रसार गरिरहेकाले त्यसको युवा संघ भक्तपुरले भत्र्सना गर्ने पनि जनाए । उनले यस्तो प्रोपोगन्डाको पछि नलाग्न र सञ्चारमाध्यमले वास्तविक समाचार मात्र सम्प्रेषण गर्न पनि अनुरोध गरे ।

युवा संघ भक्तपुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक रुपमा स्वच्छ छवि बनाएर भक्तपुर जिल्लामा विकास निर्माणलाई तीब्र गति दिन सफल युवा नेता क. महेश बस्नेतप्रति राजनीतिक प्रतिशोध साँधेर समाजवादी पार्टीले आफ्नो पार्टी फुटाउने कार्यमा लागेको भन्ने समाचार सम्प्रेषण गर्नु आफैमा हास्यास्पद रहेको छ । कुनैपनि राजनीतिक पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट र वार्तालाई अतिरञ्जित गरेर दुस्प्रचार गर्नु आफैमा परिपक्वता मान्न सकिन्न ।’

विज्ञप्तिको अन्त्यमा, ‘कुनैपनि अराजनीतिक गतिविधिको घोर भत्सर्ना गर्दै स्वच्छ राजनीतिले नै मुलुकको भविष्यलाई अगाडि बढाउन सक्षम हुनेमा हामी सम्पूर्ण युवा विश्वस्त रहेको समेत व्यक्त गर्दछौं,’ भनिएको छ ।

विज्ञप्तिः