नेपालमा थप २ मा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ५१ जना पुगे – Himalayan Dainik

नेपालमा थप २ मा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ५१ जना पुगे


नेपालमा थप २ मा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या ५१ जना पुगे

काठमाडौं, १४ वैशाख – नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । वीरगन्जमा थप दुई जना व्यक्तिमा कोरोनाभाइरस देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर कुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै जनाएका छन् ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको र उनीहरु दुवैजना वीरगञ्जका ५० वर्षीय पुरुष रहेको जनाइएको छ ।
अहिले संक्रमित दुबैलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । ती मध्ये १२ जना उपचार पछि घर फर्किसकेका छन् ।