अमेरिकामा ८८ मिलियनका खातामा १२ सय डलरको डिपोजिट, बाँकीले आगामी साता पाउने – Himalayan Dainik

अमेरिकामा ८८ मिलियनका खातामा १२ सय डलरको डिपोजिट, बाँकीले आगामी साता पाउने


अमेरिकामा ८८ मिलियनका खातामा १२ सय डलरको डिपोजिट, बाँकीले आगामी साता पाउने

अमेरिका ,१४ वैशाख – अमेरिकी सरकारले ८८ मिलियन अमेरिकी करदाताहरुका खातामा कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटसँग जुध्न राहत रकम पठाएको छ । बार्षिक ७५ हजारभन्दा कम आम्दानी हुने एकलले १२ सय डलर र डेढलाख भन्दा कम आम्दानी हुने दम्पत्तिले २४ सय डलर प्राप्त गरेका छन् ।

View image on Twitterराहत रकम प्राप्त नगरेकाहरुले साप्ताहिक रुपमा उक्त रकम प्राप्त गर्ने आईआरएसले जनाएको छ । आईआरएसलाई प्रत्यक्ष डिपोजिटका लागि बैंक खाता नदिएकाहरुले अनलाइनमार्फत बैंक खाता उपलब्ध गराउन सक्नेछन् भने कम आम्दानी भएका कारण ट्याक्स फाइल नगरेकाहरुले तथा सन् २०१९ को अन्त्यतिर अमेरिकामा ग्रिनकार्डमा आएकाहरुले नन फाइलर्समा आफ्नो विवरण बुझाउन सक्नेछन् ।

बैंक एकाउन्ट उपलब्ध नगराएकाहरुलाई आईआरएसले मेको पहिलोसाताबाट चेक पठाउन सुरु गर्ने जनाइएको छ । तर करदाताहरुलाई छिटो रकम प्राप्त गर्नका लागि बैंक खाता उपलब्ध गराउन प्रेरित गरिएको छ । करदाताले विगतमा रिफण्ड प्राप्त गरेको छैन भने करदाताले करतिरेको बैंक खाता आईआरएसको डाइरेक्ट डिपोजिट अप्सनमा हुँदैन, करदाताले अनलाइनमार्फत विवरण बुझाउनुपर्छ ।

जसजसले रकम पाएका छैनन्, उनीहरुले  गेट माई पेमेन्ट नामको यो टुलमा क्लीक गरिसकेपछि करदाताले आफूले प्राप्त गर्ने रकमको अवस्थाबारे जानकारी पाउन सक्नेछन् ।

खासगरी यो लिंकमा क्लिक गरेर आफ्नो विवरण दिएपछि चार प्रकारका सन्देशहरु तपाईले पाउनुहुनेछ । पहिलो, यदि तपाईको बैंक खातामा आईआरएसले रकम पठाइसकेको छ वा पठाउने तय गरेको छ भने बैंक खाताको अन्तिम ४ नम्बरसहित कहिले पठाएको हो वा पठाउने तय भएको छ उक्त विवरण तपाईले पाउनुहुनेछ । खसोखास